चैत ४ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

चैत ४ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ चैत ४ गते, साेमवार, १७ मार्च २०२५। चैत्र कृष्णपक्ष तृतीया तिथि, १७ः२१ बजेपछि चतुर्थी। चित्रा नक्षत्र, १३ः०३ बजेपछि स्वाती। चन्द्रराशि तुला।

आजको राशिफल

मेष : साथीले असहयोग गर्दा काम नबन्ने जोखिम छ। आम्दानीभन्दा खर्च बढ्ने सम्भावना छ, आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। व्यापारमा घाटा हुने भएकाले लगानी नगर्नु उचित हुनेछ।

वृष : बोल्दा सचेत बन्नुहोस्, अनावश्यक कुराले समस्या निम्त्याउन सक्छ। परोपकारमा बोली खर्च गर्नु उचित हुनेछ। व्यापारमा घाटा हुने सम्भावना छ, नयाँ लगानी नगर्नुहोला। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ।

मिथुन : आजको दिन राम्रो रहनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राज्यबाट सेवा वा अवसर प्राप्त हुन सक्छ। विदेशमा गरेको लगानीबाट फाइदा मिल्नेछ। परिवारको सट्टा बाहिरका साथीहरूले सहयोग गर्नेछन्।

कर्कट : सानातिना कुराले मन अशान्त बन्न सक्छ। पारिवारिक झन्झट आउनसक्छ। साथीभाइसँगको कारोबारबाट फाइदा मिल्नेछ। प्रेम सम्बन्धमा भने खटपट बढ्ने सम्भावना छ।

सिंह : संयुक्त लगानीबाट फाइदा हुनेछ। परिवारसँग घुमघामको अवसर जुर्नेछ। लामो उत्तरतर्फको यात्रा नगर्नु राम्रो हुनेछ। काम गर्दा एकल निर्णय लिनुभन्दा सल्लाह लिएमा राम्रो हुनेछ।

कन्या : डुब्न लागेको सम्पत्ति हात लाग्ने सम्भावना छ। साथीको सहयोग मिल्नेछ। सोचेका काम पूरा हुनेछन्। स्वास्थ्य अनुकूल रहनेछ, मन पनि शान्त हुनेछ। परिवारमा कर्तव्य निभाउँदा फाइदा हुनेछ।

तुला : तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन हो। शिक्षामा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। परिवारको सट्टा बाहिरकाहरूको प्रशंसा सुन्नुपर्नेछ। साथीहरूको साथ मिल्नेछ।

वृश्चिक : दिन सामान्य रहनेछ। योजना अनुसारका काम पूरा नहुन सक्छन्। सभा र सम्मेलनमा थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ, प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।

धनु : पारिवारिक सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउँदा मन शान्त रहनेछ। परिवारमा अरूको नेतृत्व स्वीकार्न कठिन हुनसक्छ।

मकर : सञ्चित धन खर्च हुने सम्भावना छ। व्यापारमा ठूलो लगानी नगर्नु राम्रो हुनेछ। एकलभन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। विपक्षी साथीबाट सहयोग प्राप्त हुन सक्छ।

कुम्भ : आर्थिक दृष्टिकोणले दिन राम्रो रहनेछ। धार्मिक स्थलको यात्रा हुन सक्छ। ठूला व्यक्तिहरूसँग भेटघाटले मन प्रशन्न बनाउनेछ। धार्मिक कार्यमा संलग्न हुँदा आत्मिक शान्ति मिल्नेछ।

मीन : आम्दानीभन्दा खर्च बढ्ने सम्भावना छ। सहकर्मीहरू तपाईंको बोलीका कारण टाढा हुन सक्छन्। संकटमा परिवारको साथ सहयोग मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानी लाभदायक सावित हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.