पूर्वविशिष्टहरुको सेवा सुविधा बढ्ने समाचार भ्रमपूर्ण: सांसद महत

पूर्वविशिष्टहरुको सेवा सुविधा बढ्ने समाचार भ्रमपूर्ण: सांसद महत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्वविशिष्ट व्यक्तिहरूलाई सेवा सुविधा थप्ने विषयमा सञ्चारमाध्यममा आएका समाचारहरू गलत रहेको बताएका छन्।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको सीमित स्रोतसाधनलाई ध्यानमा राख्दै सेवा सुविधा दिनुपर्ने बताएका छन्। उनले देशले धान्न सक्ने गरी मात्रै सेवा सुविधा दिनुपर्ने उल्लेख गर्दै मिडियाले गलत समाचार सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए।

उनले भने, ‘यसमा सत्यता छैन, बढ्ने भन्ने कुरै हुँदैन। घट्न सक्ला तर बढ्दैन। कानुनी आधार चाहिन्छ भनेर सरकारले मस्यौदा ल्याउने कुरा गरेको होला, तर मिडियाले गलत रूपमा प्रस्तुत गर्यो।’

सांसद महतका अनुसार, पूर्वविशिष्टहरुलाई दिने सेवा सुविधाका लागि कानुनी व्यवस्था आवश्यक भएकाले सरकार यस विषयमा मस्यौदा ल्याउने तयारीमा रहेको हो। तर, सेवा सुविधा वृद्धि गर्ने कुनै योजना नरहेको उनले स्पष्ट पारे।

त्यस्तै, सांसद महतले नेपाली कांग्रेसले विगतमा जनप्रतिनिधिहरूले शासनसत्ता सञ्चालन गर्ने अवधारणाका आधारमा राजसंस्थालाई स्वीकार गरेको तर राजाले जनताको अधिकार खोसेपछि गणतन्त्रको बाटो रोज्न बाध्य भएको बताएका छन्।

Recent Comments

No comments to show.