आठ महिनामा वैदेशिक लगानी प्रतिबद्धता साढे २९ अर्ब, कुन देशले कति गरे?

आठ महिनामा वैदेशिक लगानी प्रतिबद्धता साढे २९ अर्ब, कुन देशले कति गरे?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले साढे ४४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ४२७ उद्योगमा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। विभागका अनुसार, यस लगानीबाट ११ हजार ४७५ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ।

विभागका अनुसार, फागुन महिनामा मात्र ४० उद्योगका लागि १७ अर्ब ७९ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ। चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रका उद्योगहरूमा देखिएको छ। सेवामूलक क्षेत्रका ५४ उद्योगका लागि २२ अर्ब ३६ करोड ३७ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको छ। पर्यटन क्षेत्र दोस्रो स्थानमा रहेको छ, जहाँ १८० उद्योगमा १७ अर्ब ९० करोड ७५ लाख ९० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

अन्य क्षेत्रहरूको लगानी प्रतिबद्धता उत्पादनमूलक क्षेत्रका ३० उद्योगमा २ अर्ब ६३ करोड २० लाख ५० हजार २०० रुपैयाँ, सूचना प्रविधि क्षेत्रका १५४ उद्योगमा ९५ करोड ५ लाख ३ हजार २०० रुपैयाँ, कृषि क्षेत्रका ७ उद्योगमा ७६ करोड १० लाख रुपैयाँ, ऊर्जा क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँ, र पूर्वाधार क्षेत्रमा २ करोड रुपैयाँ रहेको छ। उद्योग विभागले वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न सहज नीति तथा प्रक्रियाको विकास गरिरहेको जनाएको छ। लगानीकर्ताहरूका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको संकेत यस तथ्यांकले देखाएको छ।

Recent Comments

No comments to show.