स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक शेयर (एफपीओ) को बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले शुक्रबार उक्त एफपीओको बाँडफाँड गरेको हो।

एनएमबि क्यापिटलका अनुसार एफपीओका लागि कुल १७ लाख ८० हजार ४ सय ५७ जनाले आवेदन दिएका थिए। तर, तीमध्ये १७ लाख ७७ हजार ७९३ जनाको मात्र आवेदन योग्य ठहरिएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको हो। बाँडफाँड अनुसार १९ हजार ५७७ जना आवेदकले मात्र शेयर पाएका छन्। जसमा ३ जनाले ११ कित्ता र बाँकी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। स्वरोजगार लघुवित्तले प्रति शेयर १०० रुपैयाँ दरमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको थियो, जसको कुल मूल्य १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २७ गते एफपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको थियो। 

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np/; मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र  मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ ।  यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

Recent Comments

No comments to show.