काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे उक्त एफपीओको बाँडफाँड गर्ने तयारी गरिएको छ।
स्वरोजगार लघुवित्तले आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा बाँडफाँड कार्यक्रम आयोजना गर्नेछ। कम्पनीको एफपीओमा लगानीकर्ताबाट उल्लेख्य सहभागिता देखिएको छ। मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेका कारण शेयर गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ।
कम्पनीको एफपीओका लागि १८ लाख ८२ हजार ४२२ आवेदकले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका थिए। तर, भाग्यशाली १९ हजार ५७७ जनाले मात्र शेयर हात पार्नेछन्। बाँकी १८ लाख ६२ हजार ८४५ जना आवेदक भने खाली हात रहनेछन्।
स्वरोजगार लघुवित्तले फागुन १८ देखि फागुन २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ शेयर निष्काशन गरेको थियो।
लगानीकर्ताहरुको उल्लेख्य सहभागिताले कम्पनीको शेयरप्रति उच्च आकर्षण देखिएको छ। बाँडफाँडपछि शेयर पाउने लगानीकर्ताले आगामी दिनमा दोश्रो बजारमा कारोबार गर्न सक्नेछन्।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/; मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि,आइपीओ बाँडफाँड भने १० बजे हुने भएकाले नतिजा आउन केही समय लाग्ने छ ।
प्रतिक्रिया