काठमाडौं महानगरले राप्रपालाई गर्‍यो एक लाख जरिवाना

काठमाडौं महानगरले राप्रपालाई गर्‍यो एक लाख जरिवाना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर तथा भौतिक क्षति पुर्‍याएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगरका अनुसार, आइतबार राप्रपाले आफ्नो पार्टी कार्यालय धुम्बाराहीबाट आयोजना गरेको कार्यक्रममा सहभागीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी, आईल्याण्ड, तथा त्यहाँ रहेका बिरुवा र रेलिङमा क्षति पुर्‍याएका थिए। साथै, उनीहरूले जथाभावी फोहोर फालेर वातावरण प्रदूषण समेत गरेको महानगरको दाबी छ।

महानगर प्रहरी बलका निरीक्षकद्वारा जारी पत्रमा उल्लेख भएअनुसार, फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा कारबाही गरिएको हो।

यसअनुसार, राप्रपालाई एक लाख जरिवाना तिर्न महानगरपालिकाले अनुरोध गरेको छ।

Recent Comments

No comments to show.