काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ। बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदी ३५ रुपैयाँले बढेको हो । आज चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ४६ हजार ३५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ३ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया