यी हुन् अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई,अध्यागमनले प्रहरीको जिम्मा लगायो

यी हुन् अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई,अध्यागमनले प्रहरीको जिम्मा लगायो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं ओर्लिएका छन्। नेपाल फिर्ता हुनेमा सुष्मा घर्ती, लक्ष्मण कलिल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती रहेका छन्। त्यस्तै कमलप्रकास ओली र तिर्थबहादुर थापालाई पनि निष्कासन गरिएको छ।

उनीहरू जीआरपी–२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति अपनाएका छन्। अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ट्रम्प प्रशासनले निष्कासन गरेको हो। 

उनीहरूलाई नेपाल प्रहरीले सोधपुछका लागि लगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। 

आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ।

Recent Comments

No comments to show.