बजाजको एक्सचेन्ज मेला : पुरानो बाइक साटेर नयाँ लिन सकिने अवसर

बजाजको एक्सचेन्ज मेला : पुरानो बाइक साटेर नयाँ लिन सकिने अवसर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गरेको छ। फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा सञ्चालन भइरहेको यो मेलामा ग्राहकहरूले आफ्नो पुरानो साधन साटेर नयाँ बाइक लिन सक्नेछन्।

बजाजले यो मेलामा कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साट्ने अवसर दिएको छ। साथै, ग्राहकहरूले रू. १०,०००/- अतिरिक्त भ्यालुएसन पाउनेछन्। कम्पनीका अनुसार, ग्राहकहरूले नागरिकताको आधारमा मात्र मोटरसाइकल खरिद गर्न सक्नेछन्, जसले खरिद प्रक्रिया थप सहज बनाउनेछ।

मेलामा ९.९९% ब्याजदरमा अन-द-स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ, जसअन्तर्गत ३६ महिनासम्म किस्ताबन्दीमा मोटरसाइकल किन्न सकिनेछ। साथै, खरिदमा रू. ७,०००/- सम्म नगद छुट र ०% सर्भिस चार्जको विशेष सुविधा दिइनेछ।

ग्राहकहरूलाई थप आकर्षित गर्न बजाजले निःशुल्क हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्यागजस्ता एसेसोरिज पनि प्रदान गर्नेछ। बजाजले नेपाली ग्राहकलाई सधैं नवीन अफरहरू उपलब्ध गराउँदै आएको छ। यो एक्सचेन्ज मेला बजाज बाइक खरिद गर्न चाहने उपभोक्ताका लागि ठूलो अवसर बन्ने अपेक्षा गरिएको छ।

Recent Comments

No comments to show.