काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को सोह्रौ राष्ट्रिय महाधिवेशन यही फागुन २६ र २७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
महाधिवेशनमा देशभरका दुई हजार पाँच सयभन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष डीके ढुङ्गानाले जानकारी दिए । उनले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत एवं समसामयिक विषयमा छलफल हुने बताए।
महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत अध्यक्ष ढुंगानाले बताए ।
प्रतिक्रिया