चैत १८ देखि पोखरा-ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

चैत १८ देखि पोखरा-ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालय एयरलाइन्सले आगामी चैत १८ गते (मार्च ३१)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरू गर्ने भएको छ।

एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै चैत १८ देखि पोखरा विमानस्थलबाट नियमित व्यावसायिक उडान गर्ने जानकारी गराएको हो ।

एयरलाइन्सका अनुसार काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं रुटमा सातामा एउटा उडान गर्नेछ । सार्वजनिक उडान तालिका अनुसार हिमालयनले चैत १८ गते बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-ल्हासा उडान गर्नेछ भने चीनको स्थानीय समय अनुसार १२:०५ बजे ल्हासाको गोंगर विमानस्थलमा अवतरण हुनेछ।

सोही जहाज चिनियाँ स्थानीय समय अनुसार १३ः१५ बजे उड्ने छ भने नेपाली समय अनुसार १२:४५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।

२०७९ पुसदेखि संचालनमा आएको यो विमानस्थलमा हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । यसअघि केही चार्टर्ड उडान भने भएका थिए । व्यवसायिक उडान थालेपछि हिमालय नै पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा बन्नेछ।

Recent Comments

No comments to show.