काठमाडौं । टोखा नगरपालिकाले यस वर्षको मेयर दीर्घायू कार्यक्रम आजबाट पुन सञ्चालन गरेको छ । टोखाले २०७८ सालदेखि सुरु गरेको मेयर दीर्घायू कार्यक्रम आज चार वर्ष पुरा हुँदैछ । अहिलेसम्म यो ३ वर्षमा ६५०० नागरिकले निःशुल्क स्वास्थ्य परिक्षण लिइसकेका छन् ।
मेयर दीर्घायू कार्यक्रम अन्तर्गत विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परिक्षण, विशेषज्ञ डाक्टरद्धारा भिडियो एक्सरे सेवा, महिलाहरुको भिआइए परीक्षण सेवा, थाईराइड परिक्षण सेवा, प्रयोगशाला सेवा, पुरुषहरुको लागि प्रोस्टेट गन्थीको क्यान्सर सम्बन्धी परिक्षण र परामर्श तथा रेफरल सेवा रहेका छन् ।
आज एक औपचारिक कार्यक्रम गर्दै टोखा नगरपालिकाले वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट नगरभरिका ५० वर्षभन्दा माथिका लक्षित वर्गालाई मात्र सो सेवा प्रदान गरिने टोखा नगर प्रमुख प्रकाश अधिकारीले बताए ।
अधिकारीकाअनुसार पहिलो वर्ष ७० वर्ष माथिका, दोस्रो वर्ष ६५ र तेस्रो वर्ष ६० वर्ष माथिकाको स्वास्थ्य परिक्षण सम्पन्न गरिसकेको हुँदा यस वर्ष ५० वर्ष माथिका लक्षित वर्गलाई लगाइन्छ । आगामी वर्षहरुबाट ५० वर्ष माथिका सम्पूर्ण नागरिकको स्वास्थ्य जाँच निःशुल्क गर्ने लक्ष्य लिएका छौं ।
टोखा नगरपालिकाले सुत्केरी भएका महिलाहरुका लागि पोषण भत्ता भनेर नगद २ हजार वितरण गर्दै आएको छ । यसै वर्षदेखि टोखाका स्थानीय कोही मुत्य भएमा ५ हजार किरिया खर्च नगरपालिकाले दिने तयारी पुरा भएको नगर प्रमुख अधिकारीले बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले टोखाको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा कुनै नीजि अस्पतालभन्दा कुनै कमी नभएको हुँदा नगरबासीले ढुक्क भएर सेवा लिन अनुरोध गरेका छन् । नगरपालिकाको सेवा लिनका लागि महिला स्वयमसेविकाहरुले टोलटोलमा गएर प्रचार गर्न आवश्यक छ ।
कार्यक्रमबारे बोल्दै स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले यस मेयर दीर्घायू कार्यक्रमबाट सर्ने र नसर्ने रोगबारे जाँच गर्ने अवसरको रुपमा लिन सकिन्छ । यस कार्यक्रममा लक्षित वर्ग भन्नाले ५० वर्ष माथिका एकल महिला, गरिव, दलित, असहाय र महिला स्वास्थ्य स्वयमसेविकाहरु पर्नेछन् ।
कुलालका अनुसार गतवर्ष चण्डेश्वरी प्रदेश अस्पताल र टोखा ११ मा गरी २ स्थानबाट प्रदान गर्दै आएको सेवा यस वर्ष टोखा ११ बाट मात्र हुने बताएका छन् । बागमती प्रदेशले स्विकृति नदिएका कारण एक ठाउँबाट गर्न परेको हो । सबै सेवा एकै ठाउँबाट भएपनि फिजिसिएन र अल्ट्रासाउण्ड सेवाका लागि अर्को ठाउँमा सम्झौता गरेर काम सुरु गरेको छ । यस वर्ष १५०० जनाका निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । त्यसमा हरेक वडाबाट १३० जनाको दरले सहभागीता जनाउने छन् । वडा नंं. ३ का लागि १५० जनाले सहभागिता हुन् पाउनेछन् ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक बलराम खतिवडाले टोखा नगर प्रमुख प्रकाश अधिकारी र वडाअध्यक्ष घनश्याम श्रेष्ठको मुक्तकण्ठले प्रशंसा गरे । जेष्ठ नागरिकका लागि हरेक वर्ष निःशुल्क स्वास्थ्य परिक्षण राखेर जनताको मन जित्ने काम गरेको खतिवडाले बताए ।
मेयर दीर्घायू कार्यक्रम सुभारम्भको अवसरमा महिला पञ्चे बाजासहित सम्पूर्ण वडाका जनप्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु र स्वास्थ्यकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिक्रिया