काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज ललितपुरको भोलढोका स्थित ज्यापू प्रज्ञा भवनमा बस्दैछ। बिहान ११ बजे बस्ने बैठक तीन दिनसम्म चल्नेछ।
बैठकमा पार्टीले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा प्रमुख एजेन्डा हुनेछ। प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठकमा पालिका समिति गठन तथा पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले कार्यप्रगति विवरण प्रस्तुत गर्नेछन्।
त्यसैगरी, बैठकमा वर्तमान राजनीतिक परिस्थिति, संगठनात्मक कार्ययोजना तथा आगामी रणनीतिबारे छलफल हुने बस्नेतले जानकारी दिए। जसपाको यो बैठकले पार्टीको सांगठनिक सुदृढीकरणका साथै भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया