बालेनप्रति सुनिताको टिप्पणी :अरुलाई दोष लगाएर उत्तरदायित्वबाट नभगौँ, कर्तव्य पूरा गरौँ !

बालेनप्रति सुनिताको टिप्पणी :अरुलाई दोष लगाएर उत्तरदायित्वबाट नभगौँ, कर्तव्य पूरा गरौँ !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीलाई लिएर उपमेयर सुनिता डंगोलले तिखो टिप्पणी गरेकी छिन् । आफ्ना कमजोरी लुकाउन अरुलाई दोषारोपण गर्ने बालेनको शैली रहेको भन्दै उनले अरुलाई दोष दिनुभन्दा आफ्नो कर्तव्य पूरा गर्न मेयरलाई सुझाएकी छिन् ।  

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बालेनले टिप्पणी गरेपछि उपमेयर डंगोलले विरोध जनाएकी छिन् । बालेन स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका हुन् भने डंगोल एमालेबाट निर्वाचित भएकी हुन् ।  

काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुज्रिँदा पनि अहिलेसम्म प्रतिवेदन  सार्वजनिक नगरेको तर,  मेयर शाहले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुको साटो उल्टै प्रधानमन्त्री ओली सामाजिक सञ्जालमार्फत टिप्पणी गरेपछि उपमेयरले असन्तुष्टि पोखेकी छिन् । 

 ‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारवाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठीक होइन,’ डंगोलले भनेकी छिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ ।’ उनले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसमेत गरेकी छिन् । 

मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै  प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिनका लागि समिति बनाएका थिए । 

भवन निर्माणको नक्सा पास कागजागतको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको आरोप लगाउँदै मेयरस्तीय निर्णयबाट छानबिन समिति बनाएको थियो । १५ दिनको समयसीमा दिएर १६ पुसमा शेखर प्रसाद पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि अर्को समिति बनाइएको थियो ।  

Recent Comments

No comments to show.