२०८२ सालका ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)

२०८२ सालका ८८ दिन सार्वजनिक बिदा (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृह मन्त्रालयले २०८२ सालका सार्वजनिक बिदा प्रकाशन गरेको छ। मन्त्रालयले बिहीबार राजपत्रमा यससम्बन्धी सूचना सार्वजनिक गरेको हो।

गृह मन्त्रालयका सहसचिव डा. जयनारायण आचार्यका अनुसार २०८१ सालकै बराबर सार्वजनिक बिदा २०८२ सालमा पनि कायम गरिएको छ।

राजपत्रको सूचनाअनुसार २०८२ सालमा कुल ८८ दिन सार्वजनिक बिदा हुने छ। ५२ वटा शनिबारबाहेक थप ३६ दिन देशभरि सार्वजनिक बिदा दिने निर्णय भएको छ। विभिन्न पर्वहरूमा मात्र २८ दिन सार्वजनिक बिदा हुनेछ। दसैँमा घटस्थापनासहित सात दिन तथा तिहारमा पाँच दिन बिदा हुनेछ।

६ वटा दिवसमा राष्ट्रिय बिदा दिने निर्णय गरिएको छ, जसमा मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, सहिद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस समावेश छन्।

त्यस्तै, बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा पनि देशभर बिदा दिने निर्णय गरिएको छ।

नेपाल विश्वमै धेरै सार्वजनिक बिदा हुने देशमा पर्दछ। यसले देशको अर्थतन्त्र तथा सेवा प्रवाहमा असर परेको भन्दै बिदा कटौती गर्नुपर्ने आवाज उठ्दै आएको छ।

२०८२ को बिदाको सूचनाः 

Recent Comments

No comments to show.