काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली कटौती हुने

काठमाडौंका यी स्थानमा आज ५ घण्टा बिजुली कटौती हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ।

प्राधिकरणले सूचना जारी गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि गर्ने कार्यका लागि बिजुली आपूर्ति रोक्ने जनाएको छ। सो कार्यका कारण आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली कटौती हुनेछ।

प्राधिकरणले उपभोक्तालाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न भएमा निर्धारित समय अगावै विद्युत् प्रवाह गरिने जनाएको छ।

यसैगरी, मूलपानी सवस्टेशन निर्माण आयोजनाका कारण आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा पनि बिजुली आपूर्ति रोकिने छ। निर्माणाधीन सवस्टेशनमा प्राविधिक कार्य भइरहेकाले ती क्षेत्रका वितरण केन्द्रहरूमा आज साँझसम्म बिजुली आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

बिजुली कटौतीका कारण सर्वसाधारणलाई पर्ने असुविधालाई मध्यनजर गर्दै प्राधिकरणले आवश्यक तयारी गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ।

Recent Comments

No comments to show.