काठमाडौं । नबिल बैंकले फाने लोन नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीहरूको नाम र ठेगाना सार्वजनिक गरेको हो ।
बैंकले ऋणीलाई ३५ दिनभित्र सम्पर्कमा आई कर्जा तिर्न ऋणीलाई अनुरोध गरेको छ । तोकिएको समय भित्र सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बैंकले चेतावनी दिएको छ ।
प्रचलित अनुसार बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीलाई पनि कालोसूचीमा राख्न सकिने व्यवस्था छ । कालोसूचीमा परेकाले बैंकिङ कारोबार गर्न समस्या हुन्छ।
बैंकहरूले केही वर्ष अघिदेखि खातावाल बैंकमै नगई फानेबाटै ऋण लिनसक्ने सुविधा दिँदै आएका छन् । बैंकहरूले ग्राहकको खाताको विवरण र कारोबार हेरी २ लाख रुपैयाँसम्म फोन लोन दिन्छन् ।
फोन लोन १ महिना वा १ वर्ष भित्र किस्ताबन्दीमा तिरिसक्नु पर्ने हुन्छ ।
प्रतिक्रिया