बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

बुधबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ८४ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपियाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपियाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपियाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपियाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपियाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ १९ पैसा र बिक्रीदर ८८ रुपियाँ ५७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६३ पैसा र बिक्रीदर ९८ रुपियाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय चार रुपियाँ ४१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १७ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ १३ पैसा र बिक्रीदर ३७ रुपियाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २० पैसा र बिक्रीदर ३८ रुपियाँ ३६ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८ रुपियाँ ०८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४८ पैसा र बिक्रीदर ३१ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ०९ पैसा र बिक्रीदर १३ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ५६ पैसा र बिक्री दर १९ रुपियाँ ६४ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९१ पैसा र बिक्रीदर १७ रुपियाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपियाँ ३३ पैसा र बिक्रीदर चार सय ५३ रुपियाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६९ रुपियाँ ४४ पैसा र बिक्रीदर तीन सय ७१ रुपियाँ ०३ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ २२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर 

Recent Comments

No comments to show.