प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

प्रहरीद्वारा एकै महिनामा ५२ करोड बढी राजस्व सङ्कलन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिए ।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व सङ्कलन गरिएको छ । फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको छ । यो कुल राजस्व सङ्कलनको ४५ प्रतिशतभन्दा बढी हो ।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख रुपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रुपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख राजस्व सङ्कलन गरिएको प्रवक्ता आचार्यले बताए ।

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख रुपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रुपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रुपैयाँ र अवैध पशुपन्छी नियन्त्रणबाट १५ लाख ७१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

Recent Comments

No comments to show.