प्रयागराज महाकुम्भको असर: महाशिवरात्रिमा साधुसन्तको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा

प्रयागराज महाकुम्भको असर: महाशिवरात्रिमा साधुसन्तको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको प्रयागराजमा जारी महाकुम्भको प्रभावले यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। 

पशुपति क्षेत्र विकास कोषका अनुसार भारतबाट हजारौं साधुसन्त तथा श्रद्धालुहरू नेपाल आउने क्रम जारी छ। हालसम्म २५ सयभन्दा बढी साधुसन्त मन्दिर परिसरमा भइसकेका छन् भने थप १५ सय आउने अपेक्षा गरिएको छ।

यस वर्ष महाशिवरात्रि पर्व व्यवस्थित बनाउन कोषले विशेष तयारी गरेको छ। १८ वर्षमाथिकालाई मात्र स्वयंसेवकको रूपमा परिचालन गरिनेछ भने चार हजार स्वयंसेवक व्यवस्थापनका लागि खटाइनेछ। सुरक्षाका लागि सात हजार सुरक्षाकर्मी परिचालित हुनेछन्।

पर्व अवधिभर काँच र प्लास्टिकका सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने मासु, मदिरा, गाँजा र भाङको विक्री तथा ओसारपसारमा कडाइ गरिएको छ। यात्रुहरूको सहजताका लागि ट्राफिक व्यवस्थापन कडाइ गर्दै सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।

महाशिवरात्रि पर्व व्यवस्थापनका लागि डेढ करोड रुपैयाँ बजेट छुट्याइएको कोषले जनाएको छ। पर्व अवधिभर भक्तजनलाई सुरक्षित र मर्यादित दर्शनको व्यवस्था मिलाउन कोषले विभिन्न उपसमिति गठन गरेको छ।

तस्बिरः गोपाल दाहाल / रासस

Recent Comments

No comments to show.