इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः सशस्त्रकै इन्स्पेक्टर पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महत मृत्यु प्रकरणमा अनुसन्धान क्रममा नयाँ तथ्यहरू बाहिर आउँदै गएका छन्। सोही सिलसिलामा सशस्त्रकै इन्स्पेक्टर विवेक जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई नियन्त्रणमा लिइएको हो। शनिबार राति पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

पीडित परिवारले इन्स्पेक्टर जोशीविरुद्ध जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। स्रोतका अनुसार, महत र जोशीबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ, जसले घटनालाई थप जटिल बनाएको छ।

घटनाको गम्भीरता हेर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.