मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको संचालक समिति बैठक बोलाईयो

मौद्रिक नीति समीक्षा पारित गर्न राष्ट्र बैंकको संचालक समिति बैठक बोलाईयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ। बुधबार महाशिवरात्रिको सार्वजनिक विदा परेकाले राष्ट्र बैंकले एक दिन अघि नै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न लागेको हो।

स्रोतका अनुसार, मौद्रिक नीतिको समीक्षा पारित गर्नका लागि आज साँझ संचालक समिति बैठक बोलाइएको छ। संचालक समितिले अनुमोदन गरेपछि मात्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरिनेछ। राष्ट्र बैंक व्यवस्थापनले भने हिजो सोमबार नै नीति समीक्षा पारित गरिसकेको बताइएको छ।

नेपाल राष्ट्र बैंकका नियमन अनुसार, दोस्रो त्रैमासिक समाप्त भएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। यसपटकको समीक्षा विशेष हुने अनुमान गरिएको छ, किनभने यो गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक समीक्षा हुनेछ। अधिकारीको कार्यकाल आगामी चैत्र महिनामा सकिँदै छ, जसले गर्दा यो समीक्षा बैंकिङ क्षेत्र, वित्तीय नीतिहरू, तथा समष्टिगत अर्थतन्त्रका लागि निर्णायक बन्ने देखिन्छ।

राष्ट्र बैंकले जारी मौद्रिक नीतिमा कुनै नयाँ परिवर्तन गर्ने कि हालकै नीतिहरूलाई निरन्तरता दिने भन्ने विषयमा अर्थ तथा बैंकिङ क्षेत्रका विज्ञहरूले चासो राखेका छन्। समीक्षाले बैंकिङ क्षेत्र, मुद्रास्फीति, कर्जाको प्रवाह, र आर्थिक वृद्धिलाई कसरी प्रभावित गर्नेछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ।

Recent Comments

No comments to show.