फागुन २० देखि ८ लाख ७३ हजार कित्ता शेयर लिलाम गर्दै ङादी ग्रुप पावर, कहाँ दिने आवेदन ?

फागुन २० देखि ८ लाख ७३ हजार कित्ता शेयर लिलाम गर्दै ङादी ग्रुप पावर, कहाँ दिने आवेदन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ङादी ग्रुप पावर लिमिटेडले फागुन २० गतेदेखि अवितरित हकप्रद सेयर लिलाम गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।

यस लिलामी प्रक्रियाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ तोकेको छ, जसअन्तर्गत लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी रकम कबोल गरी आवेदन दिनुपर्नेछ। सबैभन्दा बढी मूल्य कबोल गर्नेले सेयर पाउनेछन्। यदि सेयर बाँकी रहेमा दोस्रो बढी मूल्य कबोल गर्नेले सेयर प्राप्त गर्नेछन्, र यही प्रक्रिया अपनाउँदै सेयर बाँडफाँट हुनेछ।

लिलामी सेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम पुरै सेयरका लागि आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि काठमाडौं भित्र सिद्धार्थ क्यापिटलको नक्सालस्थित कार्यालयमा शिलबन्दी फारम बुझाउन सकिन्छ। काठमाडौं बाहिरका लगानीकर्ताले सिद्धार्थ बैंकका शाखाहरू— विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।

ङादी ग्रुप पावरले यसअघि पुस २३ देखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरिएको थियो। हकप्रदमा बिक्री नभएको सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागिएको हो।

Recent Comments

No comments to show.