विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

विदेशी दातृ निकायबाट कति पैसा आयो, सदनलाई जानकारी होस् : सांसद सिंह

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालमा विदेशी दातृ निकायबाट प्राप्त सहयोगको पूर्ण विवरण सार्वजनिक गर्न सरकारलाई कडा चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले प्राप्त सहयोग कति र कहाँ खर्च भयो भन्ने प्रश्न उठाएका छन्।

“हामी सार्वभौम देशका नागरिक हौं। कति पैसा धर्मानान्तरणमा गयो, कति जातीय द्वन्द्व सिर्जना गर्न प्रयोग भयो, कति राष्ट्र विखण्डनमा खर्च भयो— यसको सम्पूर्ण विवरण सदनलाई जानकारी दिनुपर्छ।” उनले भने, ‘दातृ निकायबाट कति सहयोग आएको छ त्यो सरकारले सदनलाई जानकारी गराउनुपर्दछ।’

उनले नेपाल ग्रे-लिष्टमा पर्नुको कारणसमेत सदनलाई जानकारी गराउन अर्थमन्त्रीलाई आग्रह गरे। साथै, विदेशी सहयोगको पारदर्शिता कायम गर्न “सरकारले तुरुन्तै श्वेतपत्र जारी गर्नुपर्छ” भन्दै सरकारलाई कडा दबाब दिए।

उनले अहिलेको सरकारलाई कति पैसा एनजिओबाट नेपाल आयो र केमा लगानी भयो भनेर श्वेतपत्र जारी गर्न माग गरे। 

Recent Comments

No comments to show.