क्योकुशिन कराते प्रतियोगितामा आईकेओ-के नेपालका खेलाडीले हात पारे १२ पदक

क्योकुशिन कराते प्रतियोगितामा आईकेओ-के नेपालका खेलाडीले हात पारे १२ पदक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर  ।  काठमाडौंमा भएको क्योकुशिन कराते प्रतियोगितामा आईकेओ क्योकुशिनकाइ (आईकेओ-के) नेपालका खेलाडीले १२ पदक हात पारेका छन् । 

नेपाल क्योकुशिनकाइकान एलाइट कराते संघद्वारा शनिबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय, पाँचौं मेयर कप तथा नवौ केभिन रोहन मेमोरियल जिल्लास्तरीय कराते प्रतियोगितामा आईकेओ(के नेपालका खेलाडीले एक स्वर्ण पदक, चार वटा रजत, सात वटा कास्य पदक सहित १२ पदक हासिल गरेका हुन् । 

प्रतियोगितामा महिलातर्फ ४५ के।जी तौल समूहमा निरुता खत्रीले युजिन राइलाई पराजित गर्दै संवरण पदक जित्न सफल भए । त्यस्तै महिलातर्फ ४५ के.जी. तौल समूहमा नै युजिन राई, ३५ के।जी। तौल समूहमा आसिया श्रेष्ठ, ५५ के.जी. तौल समूहमा एलिशा वि.क. र के.जी ४५ के।जी। तौल समूहको पुरुषतर्फ दिप्सन रानामगरले रजत पदक हासिल गरे । 

त्यस्तै, ३५ के।जी। तौल समूहमा पुरुषतर्फ जेसिस राई, ४५ के.जी. तौल समूहमा बिवश गोले, महिलातर्फ ३५ के.जी. तौल समूहमा अञ्जलि राई, ४५ के.जी. महिलामा जेनी मगर र देविशा राई, ५५ के।जी। तौल समूहमा जेनिशा वि।क। र विनिशा राईले कास्य पदक हात पार्न सफल भए ।

जुनियतर्फ खुला तौल समूहमा सुरज सुवेदीले कास्य पदक हात पारे । 

प्रतियोगितामा आईकेओ क्योकुशिनकाइ नेपालका २५ जना खेलाडीहरु सहभागी भएको प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराए । प्रतियोगितामा आईकेओ(केका ब्रान्च चिफ सेन्सेइ दिपक लामालाई सम्मान गरिएको थियोे । प्रतियोगितामा आईकेओ-के समीर श्रेष्ठले जुरी, उत्तम स्थापितले मुख्य रेफ्री, अमित घलान लामा र रोहिनी कस्तीले सहायक रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

Recent Comments

No comments to show.