एपीद्वारा ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर

एपीद्वारा ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज (आइतबार)देखि प्राथमिक साधारण सेयर (आइपीओ ) बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको छ।
सर्वसाधारणले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिमा सबै सेयर बिक्री नभएमा आवेदन म्याद फागुन २५ गतेसम्म लम्बिन सक्छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको वित्तीय अवस्था
नेपाल माइक्रो इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी ७५ करोड ५० लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्कासनपछि चुक्ता पूँजी ७५ करोड रुपैयाँ पुग्नेछ। कम्पनीको संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको हिस्सेदारी ३० प्रतिशत रहनेछ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कस्तो छ रेटिङ?
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
आईपीओको रकम कहाँ लगानी गरिन्छ ?
आईपीओबाट प्राप्त २२ करोड ५० लाख रुपैयाँमध्ये १२ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा, ६ करोड रुपैयाँ ऋणपत्र तथा डिबेञ्चरमा, २ करोड ५० लाख रुपैयाँ नागरिक लगानी कोष तथा म्युचुअल फण्डमा, र १ करोड ५० लाख रुपैयाँ शाखा विस्तार तथा भौतिक पूर्वाधार विकासमा खर्च गरिनेछ।
प्रमोटर सेयरधनी को-को छन्?
नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख प्रवर्द्धकहरूमध्ये सबैभन्दा धेरै सेयर हिस्सा दीपक भट्ट र सेन्ट्रम क्यापिटलको छ। दुवैको समान ११ करोड २५ लाख रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता सेयर लगानी छ। त्यस्तै, सारथी क्यापिटलको ५ करोड ६२ लाख रुपैयाँ, हुलास अटोक्राफ्ट, शुभम दुगड, रहिशा शाह श्रेष्ठको समान ३ करोड रुपैयाँ, प्रेम गुरुङको १ करोड २५ लाख रुपैयाँ, प्रिन्टसेल इमेजिङको १ करोड १० लाख रुपैयाँ सेयर लगानी रहेको छ।
नेपाल माइक्रो इन्स्योरेन्सले लघु जीवन बीमामा आफ्नो व्यापार विस्तार गर्दै जाने लक्ष्य राखेको छ।

Recent Comments

No comments to show.