पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिनासम्म आंशिक बन्द हुने

पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिनासम्म आंशिक बन्द हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगर खण्ड आजदेखि एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ।

मुग्लिन-पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार, बन्दीपुर-४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन यो कदम चालिएको हो। आजदेखि चैत ९ गतेसम्म यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्मको पाँच सय मिटर खण्ड आंशिक रूपमा बन्द गरिनेछ।

पाण्डेले दिएको जानकारी अनुसार, उक्त खण्ड आवश्यकता अनुसार समय-समयमा ४५ मिनेटदेखि एक घण्टासम्मका लागि बन्द गरिनेछ।

यो अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलहरूले विमलनगर–मर्स्याङ्दी पुल–कुमाल गाउँ–नयाँपुल पुल हुँदै जाने वैकल्पिक मार्गको प्रयोग गर्न सकिने बताइएको छ। साथै, ठूला सवारीसाधनहरूलाई सवारी रोक्दा र चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध गरिएको छ।

स्थानीय यात्रुहरूलाई यात्रा योजना बनाउँदा यस परिवर्तनलाई ध्यानमा राख्न अधिकारीहरूले सुझाव दिएका छन्।

Recent Comments

No comments to show.