केआईआईटीमा अध्ययरत १ सय २६ विद्यार्थी फर्किए

केआईआईटीमा अध्ययरत १ सय २६ विद्यार्थी फर्किए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययरत १ सय २६ जना विद्यार्थी रक्सौल नाकाहुँदै नेपाल फर्किएका छन् ।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाको कारण देखाउँदै स्वदेश फर्किएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले बुधबार १ सय तीन छात्र र २३ छात्रा फर्किएको जानकारी दिए  ।

निमित्त प्रजिअ गौतमले फर्किएका विद्यार्थीले केआईआईटीका प्रशासनले धम्की र मानसिक यातना दिएको गुनासो गरेको जानकारी दिए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले बुधबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासदेखि घण्टाघर चोकसम्म मृत्यु भएकी विद्यार्थी लम्सालले न्याय पाउनुपर्ने भन्दै विरोध प्रदर्शनी गरेको थियो ।

Recent Comments

No comments to show.