च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कराँची  । च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो।

पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे। उनले १० चौका र १ छक्का प्रहार गरे। यसैगरी बाबर आजमले ६४ रनको योगदान गरे।

न्युजिल्यान्डका विल ओ रोरुकले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यसैगरी माइकल सान्टनरले १० ओभरमा ६६ रन खर्चेर समान ३ विकेट हात पारे। म्याट हेन्रीले ७.२ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रन जोडेको हो। उसका लागि पाकिस्तानविरुद्ध दुई ब्याट्सम्यानले शतक प्रहार गरे। न्युजिल्यान्डका विल योङले १०७ तथा टम लाथमले अविजित ११८ रन जोडे। विस्फोटक ब्याटिङ गरेका ग्लेन फिलिप्सले ३९ बलमा ६१ रन जोडे। लाथम सो खेलका म्यान अफ द म्याच बने।

Recent Comments

No comments to show.