फाखेल-मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द

फाखेल-मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती । हेटौँडा-काठमाडौँ जोड्ने फाखेल-मातातीर्थ सडक आइतबारदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-५ का वडाध्यक्ष दुतराज तितुङले सूचना जारी गर्दै सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

सो सडकअन्तर्गत महालक्ष्मी दोभान-घट्टेखोला-चखेल हुँदै मातातीर्थ जोड्ने सडकमा पर्ने देउराली मातातीर्थ खण्डमा सडक निर्माण भइरहेकाले बाटो बन्द रहने अध्यक्ष तितुङद्वारा जारी सूचनामा उल्लेख छ ।

सडक निर्माणका साथै सडक स्तरोन्नति भइरहेकाले यातायात साधनको आवतजावत बन्द गर्नुपरेको अध्यक्ष तितुङले बताए ।

Recent Comments

No comments to show.