आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने

आइपीएलको उद्घाटन र फाइनल खेल इडेन गार्डेनमा हुने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इडेन गार्डेन  । साबिक विजेता कलकत्ता नाइट राइडर्सले आफ्नो मैदान इडेन गार्डेनमा २२ मार्चका दिन इन्डियन प्रिमियर लिग (आइपीएल)को उद्घाटन खेल आयोजना गर्दैछ।

सोही मैदानमा २५ मे मा फाइनल खेल हुनेछ। २३ मे मा दोस्रो क्वालिफयर पनि सोही मैदानमा हुनेछ।

इडेन गार्डेनमा १० वर्षको अन्तरालमा फाइनल खेल हुन लागेको हो। यसअघि सन् २०१३ र २०१५ को फाइनल खेल आयोजना भएको थियो। यो सिजनको पहिलो क्वालिफायर र इलिमिनेटरका खेल भने हैदरावादमा आयोजना हुनेछन्। गत संस्करणको उपविजेता सनराइजर्स हैदरावाद हो।

आइपीएलमा ७४ खेल हुँदैछन्। पहिले खेलमा कलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बंगलोरकाबीच प्रतिस्पर्धा हुनेछ।

भारतका विभिन्न १३ मैदानमा खेल सञ्चालन हुनेछ। १० गृह मैदानका साथ विराखपटना, धर्मशाला र गुहावटीमा पनि खेल हुनेछ।

Recent Comments

No comments to show.