यी हुन् ‘भ्यालेनटाइन डे’ मा घुम्न जाने चक्रपथ भित्रका केही पार्कहरू

यी हुन् ‘भ्यालेनटाइन डे’ मा घुम्न जाने चक्रपथ भित्रका केही पार्कहरू

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज फेबुअरी १४ अर्थात ‘भ्यालेनटाइन डे’ । विश्वभरका युवा युवतीहरुले मायाँ साटासाट गरेर यो दिवस मनाइरहेका छन् । नेपालमा पनि यो दिवसले युवा युवतीलाई तताएको छ ।

पश्चिमा देशहरुमा मनाइँदै आएको ‘भ्यालेनटाइन डे’ दिवस पछिल्लो समय नेपालमा पनि धुमधामसँग मनाउन थालिएको छ । आफ्नो प्रेमी वा प्रेमीकासँग ‘भ्यालेनटाइन डे’ कहाँ गएर मनाउने ?

खासगरी ‘भ्यालेनटाइन डे’मा घुम्न जानका लागि नजिकका गन्तव्यहरु उपयुक्त हुन सक्छन् । आफ्नो प्रेमी वा प्रेमीकासँग मायाँ साटासाट गर्नका लागि घुम्न जाने काठमाडौ चक्रपथ भित्रका केही पार्कहरूको बारेमा हामी जानकारी दिन खोजेका छौं ।

शंखपार्क धुम्बाराही 

काठमाडौं महानगरको वडा नंं ४ धुम्बाराहीस्थित यस शंखपार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ। बालबालिका, अपांगता भएका र जेष्ठ नागरिकमैत्री यो पार्क हिँड्ने, खेल्ने वा व्यायाम गर्ने प्रयोजनलाई ध्यानमा राखेर तयार पारिएको हो।  

स्वयम्भूनाथ परिसर 

काठमाडौंको रिंगरोडसँगै रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भूनाथ परिसर पनि उपत्यकाको एउटा महत्वपूर्ण पर्यटकीयस्थल हो।  

पर्यटकीय स्थल भएकोले यहाँ जुनसुकै बेला घुम्न जान सकिन्छ। यहाँ पारिवारिक तथा वातावरण मैत्री वातावरणमा काठमाडौं उपत्यकाको सम्पूर्ण दृश्य देख्न सकिन्छ।

शंखमूलको शंखपार्क 

काठमाडौं र ललितपुरको सिमा शंखमूलघाटमा शंखसहितको आकर्षक पार्क निर्माण भएको छ।

पार्कको निर्माणसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ। बागमती नदीको किनारमा रहेको वातावरणमैत्री पार्क बनेपछि स्थानीय समेत उत्साहित छन्। गैर आवासीय नेपाली संघ एनआरएनले यो पार्क गएको वर्ष मात्रै निर्माण सम्पन्न गरेको हो। 

नदी छेउका करिडोर पार्क 

उपत्यकामा रहेका बागमती, विष्णुमति धोवीखोलालगाएतका नदीहरुको किनारमा महानगरले बाटोसहितको पार्क बनाएको छ। कतिपय ठाउँमा बन्ने तरखरमै छ।

यसले गर्दा पनि उपत्यकाबासीलाई घुम्न, मर्निङवाक गर्न तथा परिवारसहित सुस्ताउन वातावरणमैत्री ठाउँ खोज्दै टाढा पुग्नुपर्ने छैन।  

युएन पार्क 

ललितपुरको बागमती किनारमा रहेको यस पार्क थापाथली बानेश्वर तथा ललितपुर क्षेत्रकै ठूलो क्षेत्रफ़लमा रहेको पार्क हो।

यहाँ चौबिसै घण्टा खेलकुदसहित अन्य गतिविधिको लागि खुल्ला रहन्छ। सितलतासँगै यहाँको सुन्दरताले मानिसहरुको मन ध्यान तान्ने गरेको छ।

रानिदेवी /रानी बारी 

काठमाडौंको सामाखुशी र लाजिम्पाटको बीच भागमा रहेको रानीबारी जंगल यो क्षेत्रका अधिकांशको रोजाइमा पर्ने ठाउँ हो।

यहाँ पनि महानगरले ब्यवस्थित पार्क निर्माण गरेको छ।  शारीरिक ब्यायाम गर्नेदेखि टाढा टाढा बाट घुम्न यहाँ आउनेसमेत यहाँको वातावरणमा हराउने गर्छन्।

भृकुटी मण्डप 

व्यावसायीक प्रदर्शनीका रूपमा चिनिएको भृकुटी मण्डपमा घुम्न बस्नको लागी पार्क पनि रहेको छ।  यहाँको पार्क पनि रिंगरोड भित्रको प्रसिद्ध घुम्ने ठाउँमध्येमै पर्छ। 

रत्न पार्क 

मध्य काठमाडौँमा रहेको चर्चित पुरानो पार्क हो रत्नपार्क। तत्कालीन रानी रत्न राज्यलक्ष्मीको योजना अनुरुप राजा महेन्द्रले बच्चाहरुको लागि भनेर पार्क तयार पार्न लगाएका थिए ।

पछिल्लो समय राजधानीको रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्क ‘शंखधर उद्यान’ नामाकरण गरिएको छ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो। उक्त स्थानमा यसअघि राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो।

नन्दीकेशर बगैचा (नक्साल पार्क र नारायणचौर)

नक्सालमा रहेको नन्दीकेशर बगैचा (नक्साल पार्क र नारायणचौर) नामले चिनिन्छ। सहरको बिचमा शान्त र हरियाली रहेकाले उक्त पार्कमा घुम्न आउनेको संख्या बढिरहेको छ। 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा नारायण चौर नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठका अनुसार उक्त पार्क पहिले फोहोर फाल्ने थलोकोे रूपमा प्रयोग गरिएको थियो। २०५८ सालमा पार्क बनाउने योजना ल्याई २०६९ सालको आसपासमा उक्त पार्क निर्माण गरिएको थियो। लुम्बिनी बैंक लगायतको सहयोगमा करिब चार लाख ६० हजार लागतमा डिजाइन गरी पार्क निर्माण गरिएको थियो। पार्क निर्माणमा फोहोर थुपार्ने ठाउँमा हरियाली पार्क बनेपछि सहरवासीले समेत रुचाएका छन्। 

सदर चिडियाखाना

जनावर तथा पंक्षीको अवलोकन मात्र होइन घुमफिरका लागि ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना रोज्नेहरूको संख्या पनि धेरै छ।

शितल र रमणीय स्थल भएकाले धेरै परिवारिक घुमघामका लागि राम्रो मानिन्छ। यहाँ रहेको पोखरी किनार र सँगै रहेका खलकुद स्थानहरूमा भुलिने गर्छन्।

Recent Comments

No comments to show.