काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।
बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
प्रतिक्रिया