काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । मंगलबार नेप्से सूचक ६.५४ विन्दुले बढेर २६८३.८६ अंकमा आएको छ । ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् भने ८ उपसूचक राताम्य भएका छन् ।
त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सीईडीबी होल्डिङस्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख, युनाइटेड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख , एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ६९ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रतिक्रिया