नयाँ शक्तिको केन्द्रीय समितिका लागि ललितपुरबाट इन्जिनियर महर्जन सहित चार जनाको उम्मेदवारी

नयाँ शक्तिको केन्द्रीय समितिका लागि ललितपुरबाट इन्जिनियर महर्जन सहित चार जनाको उम्मेदवारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को राजधानीमा जारी महाधिवेशनमा केन्द्रीय समितिका लागि ललितपुरबाट इन्जिनियर महर्जन सहित  चार जनाको उम्मेदवारी परेको छ । 

पार्टीको महाधिवेशनमा ललितपुरबाट  आदिवासी जनजातितर्फको केन्द्रीय उपाध्यक्ष पदमा दल बहादुर लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् ।  त्यस्तै बाग्मती प्रदेशतर्फको केन्द्रीय सदस्यमा मदन महर्जन, युवाबाट आदिवासीजनजातितर्फको केन्द्रीय सदस्यमा ईन्जिनियर कृष्ण महर्जन र खस आर्यतर्फको केन्द्रीय सदस्यमा बिष्णुराज खड्काले उम्मेदवारी दिएका छन्  ।ईन्जिनियर कृष्ण महर्जन अपाङ्गता सशक्तीकरणका साथै सामाजिक क्षेत्रमा सकरात्मक काम गरेर स्थानीयस्तरमा राम्रो पहिचान बनाएका व्यक्तित्व हुन । 

उक्त पार्टीको नेतृत्व चयनका लागि आज सोमबार दिउँसो २ बजेदेखि मतदान हुने जनाइएको छ। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले समावेशी समानुपातिक सिद्धान्तका आधारमा ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने गरी विधान संशोधन गरेको छ । महाधिवेशनले प्रत्यक्ष निर्वाचिन ९० र मनोनीत ९ सदस्य हुनेगरी ९९ सदस्य रहेको केन्द्रीय समिति हुने गरी विधान पारित गरेको हो ।

दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरिएको छ ।

केन्द्रीय समिति अध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने र पदाधिकारीको संख्या ११ हुने विधानमा उल्लेख छ । उपाध्यक्ष ५ मध्ये १ महिला, १ खस/आर्य, जनजाति, उपाध्यक्ष १ मधेसी/थारू, १ दलित हुनेछन् ।

नेसपा (नयाँ शक्ति)को महासचिव १ खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान राखिएको छ । सचिव ३ मध्ये २ खुला र सचिव १ महिला चयन हुनेछन् । नयाँ शक्तिको एक जना कोषाध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने विधानमा व्यवस्था छ ।

केन्द्रीय सदस्य ७९ मध्ये प्रत्येक प्रदेशबाट २ जना (१ खुला, १ महिला) गरी १० प्रदेशबाट २० जना निर्वाचित हुनेछन् । बाँकी ५९ केन्द्रीय सदस्यमध्ये १२ जना खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । जसमध्ये ६ जना खुला, २ जना महिला, २ जना युवा, २ जना युवा महिला हुनेछन् । खस आर्य क्लस्टरअन्तर्गत १४ जना सदस्यमध्ये ६ जना खुला, ३ जना महिला, ४ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन् ।

आदिवासी जनजाति क्लस्टरअन्तर्गत १३ जना सदस्यमध्ये ६ जना खुला, ३ जना महिला, ३ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन् । मधेसी क्लस्टरअन्तर्गत ७ जना सदस्यमध्ये ४ जना खुला, १ जना महिला, १ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन् । दलित क्लस्टरअन्तर्गत ६ जना सदस्यमध्ये ३ जना खुला १ जना महिला, १ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन् ।

Recent Comments

No comments to show.