सीवाइसी लघुवित्तको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा कति ?

सीवाइसी लघुवित्तको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उछाल आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १०४.५९ प्रतिशतले बढेको हो ।

चालु आवको पुस मसान्तसम्म लघुवित्तले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड २१ लाख रुपैयाँ धेरै हो । गत वर्ष पुससम्म सीवाइसीले २ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन नाफा बढ्दा र खराब कर्जा घट्दा नाफामा उल्लेख्य सुधार आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३२ प्रतिशतले बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १३७.५७ प्रतिशतले बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ४८ करोड निक्षेप र २ अर्ब ६६ करोड सापटी लिइ कुल ५ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ ।

हाल २६ करोड ६४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिडेन्ड अर्निङमा ५ करोड ७७ लाख र जगेडा कोषमा ३४ करोड ६५ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ३ करोड ३६ लाख रुपैयाँ छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि दोब्बरले बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँबाट बढेर ३२.४० रुपैयाँमा पुगेकोे छ ।

यस अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५१.७४ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तले खराब कर्जा पनि घटाएको छ । गत पुसमा ४.७७ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर ४.३५ प्रतिशतमा झरेको छ ।

Recent Comments

No comments to show.