भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

भारतको महाकुम्भ भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा किचिएर ३० जना तीर्थयात्रीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ६० भन्दा बढी ब्यक्तिहरु गम्भी घाइते भएका छन्।

बुधबार बिहान १ देखि २ बजेको बिचमा अखाडा मार्गमा रहेको ब्यारिकेड भत्किएपछि तीर्थयात्री उग्रभिडतर्फ जाने क्रममा घटना भएको हो । ६ हप्ता लामो धार्मिक पर्वको सबैभन्दा शुभ स्नान दिनमध्ये एक बुधबार ‘मौनी अमावस्या’ थियो । यस अवसरमा ‘अमृत स्नान’का लागि लाखौँ हिन्दु भक्तजन घाटहरूमा भेला हुँदा घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

घटनामा नेपाली नागरिकहरुको  मृत्यु नभएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् । 

Recent Comments

No comments to show.