ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ

ग्लोबल आइएमई लघुवित्तको नाफा १४७% बढ्यो, ईपीएस ३८ रुपैयाँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १४७.४२ प्रतिशतले बढेको छ ।

चालु आवको पुस मसान्तसम्म लघुवित्तले ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७ करोड ५ लाख रुपैयाँ बढी हो । लघुवित्तले गत वर्ष पुससम्म ४ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २२.४७ प्रतिशत बढेर ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १४७.३३ प्रतिशत बढेर १६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ३ अर्ब ३० करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी ९ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

हाल ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६२ करोड १२ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा ८ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि अढाई गुणाले बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १५.६४ रुपैयाँबाट बढेर ३८.२४ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म लघुवित्तको सो अवधिसम्ममा प्रतिशेयर नेटवर्थ २००.३८ रुपैयाँ, खराब कर्जा ४.१० प्रतिशत रहेको छ ।

Recent Comments

No comments to show.