एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र बेच्न अनुमति

एभरेष्ट बैंकले पायो ३ अर्बको ऋणपत्र बेच्न अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ‘एभरेष्ट बैंक डिबेन्चर-२०९१’ जारी गर्न माघ १५ गते अनुमति दिएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३० लाख इकाई ऋणपत्र बेच्न अनुमति पाएको हो । जसमध्ये बैंकले ४० प्रतिशत सर्वसाधरणलाई र ६० प्रतिशत व्यक्तिगत तवरबाट विभिन्न संस्थाहरूलाई बिक्री गर्नेछ ।

एभरेष्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ७.५० प्रतिशत ब्याज पाउनेछन् । ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

Recent Comments

No comments to show.