बैंकिङ प्रणालीबाट २ खर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट २ खर्ब खिच्दै राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

यसअघि बैंकिङ प्रणालीबाट उठाएको २ खर्ब रुपैयाँ परिपक्व नहुँदै राष्ट्र बैंकले आज फेरि निक्षेप बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी फागुन ६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अहिले इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४५ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग अपेक्षित रुपमा बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

Recent Comments

No comments to show.