काठमाडौं । सरकारले भारतबाट ९० हजार मेट्रिकटन गहुँ आयातका लागि कोटामा आवेदन खुला गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै इच्छुक कम्पनीबाट ७ दिन भित्र आवेदन माग गरेको हो ।
गहुँ आयात गर्न इच्छुक नेपाली कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्ने विभागले जनाएकाे छ ।
प्रतिक्रिया