माघ १४ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

माघ १४ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग  

काठमाडौं । २०८१ माघ १४ गते, साेमवार, २७ जनवरी २०२५। माघ कृष्णपक्ष त्रयाेदशी तिथि, १९ः४४ बजेपछि चतुर्दशी। मूल नक्षत्र, ८ः२० बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु।

आजको राशिफल

मेष : सञ्चित धन खर्च हुनेछ। व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : मन शान्त बन्नेछ। स्वदेशको लगानीबाट फाइदा हुनेछ। लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। शिक्षाको लगानीबाट नाफा कमाउने योग छ।

कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। घुमघाम गर्ने दिन तय हुनेछ। स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ। साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ। राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्रबाट नाफा हुनेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ।

कन्या : दिन राम्रो छ। साना कुराले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेट फलदायी बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। कृषि क्षेत्रको व्यापारमा फाइदा हुनेछ।

तुला : दैनिक काम सहजै बन्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ। दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ।

वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ।

धनु : दिन राम्रो छ। साथीभाइसँग सहकार्य हुनेछ। पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ। विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ। परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ।

मकर : अन्त्य साढेसाती दशा रहेकाले मन अशान्त बन्नेछ। सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। खर्च कटौती गर्नुपर्ने समय आएको छ। सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। संकटमा साथीको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशाले गर्दा मन अशान्त बन्नसक्छ। शिक्षामा मेहिनेतको खाँचो देखिन्छ। परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.