चितवन । कानुन व्यवसायीहरुको छाता संगठन चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फुलमाया रानाभाट निर्वाचित भएकी छिन् । २३ औं अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् । चितवन बारको इतिहासमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो । चितवन बारमा २ वटा प्यानल निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए । रानाभाटले ८१ मत प्राप्त गरेकी थिईन्, भने उनका निकटतम प्रतिद्धन्द्धी सिलवालले ७८ मत प्राप्त गरेका थिए । यसैगरी, एशोसिएशनको उपाध्यक्षमा सिताराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्दी सरिता सापकोटालाई पराजित गरेका हुन् । अधिकारीले ९१ मत ल्याउँदा सापकोटाले ६६ मत प्राप्त गरेकी थिईन् ।
त्यस्तै, एशोसिएशनको सचिवमा कुलचन्द्र खनाल विजयी भएका छन् । खनालका निकटतम प्रतिद्धन्दी बलराम पौडेल पराजित भएका छन् । खनालले ८९ मत ल्याउँदा पौडेलले ७० मत प्राप्त गरेका थिए । यस्तै, एशोसिएशनको सह – सचिवमा पवित्रा सुवेदी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् । त्यसैगरी, एशोसिएशनको कोषाध्यक्षमा दिपकराज तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाका निकटतम प्रतिद्धन्दी सपि मिया पराजित भएका छन् । तिमिल्सिनाले ८१ मत ल्याउँदा मियाले ७५ मत प्राप्त गरेका थिए ।
यसैगरी, एशोसिएशनको खुल्ला सदस्यहरुमा शेखरनाथ पोखरेल ( ७५ ), किरण गुरुङ ( ८४ ), सुरेन्द्रराज सुवेदी ( ७६ ), शम्भु बर्तौला ( ७७), राजकुमार प्याकुरेल ( ८१ ), अजय कुमार तामाङ ( ८१ ) र केदार राज पन्त ( ७६ ) विजयी भएका छन् । त्यस्तै, एशोसिएशनको केन्द्रिय पार्षदमा राजेन्द्र सिलवाल ( ९४ ), श्रीराम दवाडी ( ८८ ), मुन्ना विक्रम खाती ( ९७ ), पूर्णचन्द्र चापागाईं ( ८२ ), दिवाकर अर्याल ( ८२ ), गोमा न्यौपाने ( ८१ ) र रेशम काफ्ले ( ८४ ) विजयी भएका छन् ।
प्रतिक्रिया