नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा हाफ सेञ्चुरीको छलाङ, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारले हाफ सेञ्चुरीको छलाङ मारेको छ । यस साता आइतबारदेखि लगातार उकालो लागेको नेप्से आज उच्च अंकले बढेको हो । ४ दिनमा नेप्से झण्डै ७७ अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्बले बढेर ९ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६१ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४१ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको मूल्य घटेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा बाराही हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ८.२१ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.