काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध रुपन्देही जिल्ला अदालतमा पनि मुद्दा दायर भएकाे छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम अपचलनको आरोपमा सरकारी वकिल कार्यालय, रुपन्देहीले लामिछाने विरुद्ध आइतबार मुद्दा दयार गरेको हो ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । सुप्रिम सहकारी ठगीमा सरकारी वकिलले लामिछानेसहित ४२ जनालाई प्रतिवादी बनाएको छ ।
लामिछाने विरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर ४ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
रवि विरुद्ध यसअघि कास्की र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । उनी झण्डै ३ महिनाको हिरासतपछि गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए । त्यस्तै, काठमाडौं जिल्ला अदालतले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
उनी विरुद्ध अझै पर्सा र चितवनमा पनि मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया