माघ ७ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

माघ ७ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग  

काठमाडौं । २०८१ माघ ७ गते, साेमवार, २० जनवरी २०२५। माघ कृष्णपक्ष षष्ठी तिथि, ९ः१४ बजेपछि सप्तमी। हस्त नक्षत्र, २०ः०४ बजेपछि चित्रा। चन्द्रराशि कन्या।

आजको राशिफल

मेष : दिन राम्रो छ। धार्मिक अभियान्तासँगको भेटले मनमा रहेका शंका निवारण हुनेछन्। काम गर्न स्वास्थ्यले साथ दिनेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासमा मिहिनेतको खाँचो देखिन्छ।

वृष : बोल्दा सचेत बन्नुपर्ने दिन छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। बौद्धिक व्यक्तिले उचित सल्लाह दिनेछन्। वैदेशिक रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुेछ। व्यापारमा लगानी गर्ने भए संयुक्त ढंगले गर्नु राम्रो हुनेछ।

मिथुन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। नयाँनयाँ आयामका शिक्षाको सुरुवात हुनेछ। नतिजाको प्रतिक्षामा भए राम्रो प्रगति हुनेछ। दुई पाङ्ग्रे सवारी साधनमा दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सुझाव लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

कर्कट : अष्टम भावमा शनिदेव भएकाले काममा अवरोध हुनसक्छ। बिहान शिवको भजन सुन्न सकेमा फाइदा हुनेछ। आफ्ना भन्ने साथीले कुरा काट्नेछन्। मन अशान्त बन्नेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा प्रगति हुनेछ।

सिंहः संयुक्त लगानीबाट फाइदा हुनेछ। शिक्षामा भन्दा स्वास्थ्यमा सुधार हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा लक्ष्यमा पुग्न सहज हुनेछ। परिवारसँग घुमघाम गर्ने योग छ।

कन्या : छिमेकमा भएको धार्मिक कार्यक्रममा उपस्थित हुँदा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। जुनसुकै काम गर्दा परिवारको सहयोग लिँदा राम्रो हुन्छ। विपक्षी शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ।

तुला : पूर्ण चन्द्रमाको साथ रहेको छ। शिक्षामा गरेको लगानीको परिणाम राम्रो प्राप्त हुनेछ। नयाँनयाँ कायमका कार्यक्रम थपिँदै जाँदा मन खुशी हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको तर्फबाट प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्ने हुनेछ।

वृश्चिक : दाम्पत्य जीवन सुखमय बन्नेछ। इज्जत राख्न धनको खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुने भएकाले शिक्षाका लागि समय छुट्याउनु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

धनु : थोरै बोलेर जित्ने दिन छ। तपाईंले बोलेका शब्दको उल्टो अर्थ लाग्नसक्छ। स्वास्थ्यमा सुधारका संकेत फेला पर्नेछन्। सानो कुरा पचाउनसक्ने क्षमताको विकास हुनेछ। बौद्धिक साथी विपक्षीको कित्तामा रहेकाले शान्त भएर बोल्नुहोला।

मकर : सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीसँग सहकार्य गरेर अगाडि बढ्नु फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा मेहनतको खाँचो देखिन्छ। महत्त्वपूर्ण कामको गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। मध्यसाढेसाती दसा भए पनि शिक्षा र धार्मिक क्षेत्रमा चासो बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ।

मीन : चन्द्रमा प्रतिकुल भएकाले पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा अझ बढी मिहिनेत गर्नुपर्नेछ। परिवारको सल्लाह लिएर मात्र महत्त्वपूर्ण कामको सुरुवात गर्नु राम्रो हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.