अमेरिकामा टिकटक बन्द

अमेरिकामा टिकटक बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटक बन्द भएको छ। 

आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रयोगकर्ताहरूले टिकटक खोल्ने प्रयास गर्दा बन्द भएको सूचना पाएका थिए ।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने कि अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए।

त्यसविरूद्ध परेको मुद्दामा शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ।  

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनसम्मको समय दिने भनेका थिए। उनले सोमबारदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।  

Recent Comments

No comments to show.