शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध: सञ्चारमन्त्री गुरुङ

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध: सञ्चारमन्त्री गुरुङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताएका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका–८ मा आयोजित ३४औँ प्याब्सन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनका अनुसार शिक्षा क्षेत्रमा सरकारले ठूलो लगानी गरे पनि उपलब्धि राम्रो भएको छैन। मन्त्री गुरुङले आगामी दिनमा शिक्षा व्यवस्थित गर्दै गुणस्तरीय, सीपमूलक, समयअनुसारको शिक्षा र विदेश पलायन भइरहेका युवालाई स्वदेशमै बस्न सक्नेगरी व्यवस्थित गर्नमा सरकार प्रतिबद्ध रहेको जनाए।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले सहकारी ऐनलाई व्यवस्थित बनाउन बनेको अध्यादेश जारी गरेर सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको सुनाए। उनले भने, ‘सहकारी कोष खडा गरेर सहकारीमा जम्मा गरेको बचत पाउने व्यवस्था गर्न हामी चाहन्छौँ।’

सरकारले अझै पुँजीगत खर्च सोचे जति बढाउन नसकेकाले अब पुँजीगत खर्च बढाउने र स्वदेशमा रोजगारीको सिर्जना गर्ने उनले बताए ।

Recent Comments

No comments to show.