पुस २४ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पुस २४ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

काठमाडौं । २०८१ पुस २४ गते, बुधवार, ८ जनवरी, २०२५। पाैष शुक्लपक्ष नवमी तिथि, १४ः०१ बजेपछि दशमी। अश्विनी नक्षत्र, १६ः३४ बजेपछि भरणी। चन्द्रराशि मेष।

आजको राशिफल

मेष : दिन रमाइलो छ। आफ्नै राशिमा चन्द्रमा पुगेकाले मन खुशी बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृष : बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। सानो कुराले अप्ठेरो परिस्थिति सिर्जना हुने जोखिम छ। लगानीका क्षेत्रमा अवरोध सिर्जना हुनेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। आफ्नो कामबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कट : मन अशान्त बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा साथीको साथ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या भए पनि परिवारले राम्रो साथ दिनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : पूर्वको यात्रामा जोखिम रहेको छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीबाटै आक्रमण हुने भएकाले आफ्नो हितमा सोच्ने साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : परिवारको व्यवहारले मन शान्त बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलताका लागि मेहनतको भने खाँचो देखिन्छ। परिवारको साथमा घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : आफ्नै साथीबाट असहयोग हुने जोखिम रहेको छ। स्वास्थ्यको ख्याल गर्नुपर्ने समय छ। चिसोबाट लाग्ने राोगबाट सचेत बन्नु राम्रो हुनेछ। प्रासिवधिक शिक्षामा गरेको प्रयाास सफल बन्नेछ। व्यापारमा भने अगाडि नबढ्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। बोलीमा सरस्वतीको बास रहेको छ। यस्तो बोली परोपरकारका लागि प्रयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। औषधी नियमित हुन नसक्दा रोगले भने सताउने जोखिम रहेको छ।

मकर : सञ्चित धन खर्च हुनेछ। आफन्तले कुरा काट्दा मन दुख्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भ : साथीले तपाईंको पक्षमा काम गर्नेछन्। सानो भनेर रोगलाई कमजोर ठानेमा सताउने जोखिम रहेको छ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ। शिक्षामा मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि ढिला मात्र हुने भएकाले मेहनतको खाँचो परेको हो। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.