नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्सेमा लगातार पाँचौं दिन वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन वृद्धि भएको छ । गत बुधारदेखि उकालो लागेको नेप्सेले आज पाँचौं दिन पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा नेप्से ७० अंकले बढेको छ ।

मंगलबार नेप्से परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ बिन्दुमा पुगेको छ । आज सूचक बढे पनि कारोबार रकम भने खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९४ करोड रुपैयाँले घटेर ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूच्क बढेको छ भने ४ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले बढेको छ भने उत्पादनमूलक ०.२५ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको सर्वाधिक १६ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा ३ कम्पनीको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

Recent Comments

No comments to show.